मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पडसरी भलिबल प्रतियोगिता: गोलपार्क स्पोर्टसले उचाल्यो उपाधी

Ujyalosandeshonline 11768+ समाचार ( )
२७ पौष २०८१, शनिबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका-२ स्थित पडसरीमा आयोजित तेस्रो खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधी गोलपार्क स्पोर्टस क्लबले उचाल्न सफल भएको छ।

युथ क्लब अफ पडसरीद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई सोझो सेटले पराजित गर्दै गोलपार्कले पडसरी भलिबलको उपाधी उचाल्न सफल भएको हो।जससँगै प्रहरी टोलीले उपविजेतामै चित्त बुझाउनु परेको छ।

फाईनल खेलको पाँच सेट मध्ये लगातार तीन सेटको जितसँगै गोलपार्क विजयी भएको युथ क्लब अफ पडसरीका उपाध्यक्ष डिबी घर्तीले बताए।विजेताको उपाधीसँगै गोलपार्क स्पोर्टस क्लबले ४५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ।त्यस्तै उपविजेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने तृतिय भएको स्थानीय टिम कर्मज्योती युवा क्लबले १५ हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेको क्लबका कोषाध्यक्ष कपिल जिटीले बताए।

त्यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट खेलाडी गोलपार्क स्पोर्टसका दिपेन्द्र कार्की, अनुशासित खेलाडी कर्मज्योती युवा क्लबका दिपक गुरुङ, उत्कृष्ट स्पाईकर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका फारम बुढा मगर, उत्कृष्ट ब्लकर गोलपार्कका सौरव सारु मगर घोषित भए।

यस्तै उत्कृष्ट सेटर गोलपार्कका राजन तरामु मगर, उत्कृष्ट लिवेरो गोलपार्ककै नरेन्द्र रोक्का मगर घोषित भएका छन् । यी खेलाडीहरुलाई ट्रफि र मेडल प्रदान गरिएको क्लबका सहसचिव एंव प्रतियोगिता संयोजक जीवन श्रेष्ठले बताए। 

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै क्लबका सल्लाहकार केदारनाथ आचार्यले स्थापनाकाल देखि नै आफ्नो अस्तित्वलाई उचाईमा पुर्याउँदै ओमसतिया गाउँपालिकामा गहनाको रुपमा क्लब स्थापित भएको बताए। उनले खेल मानवजीवनका लागि औषधीको रुपमा रहेको उल्लेख गर्दै जीवनलाई उत्कृष्ट र शरीर स्वास्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए।

ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटीले क्लबले स्थापनाकाल देखि नै रचनात्मक कार्यहरु गर्दै आईरहेको बताउँदै अगामी दिनहरुमा पनि क्लबले खेल क्षेत्रको प्रर्वद्धन गर्दै समाजको हितमा विभिन्न कार्यहरु गर्दै जानेमा विश्वास व्यक्त गरे।

क्लबका अध्यक्ष सुरज मिश्राले प्रतियोगिता सम्पन्न गराउनका लागि सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबले आगामी दिनहरुमा पनि खेल क्षेत्रको प्रर्वद्धनका साथै समाजको विकासका लागि निरन्तर सामाजिक क्रियाकलापहरु गर्दै जाने बताए ।

क्लबका सचिव सुष्मा भुजेलको संचालन र अध्यक्ष सुरज मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ओमसतिया-२ का वडासदस्य कलाधर लम्साल, क्लबका सल्लाहकार खडानन्द अधिकारी, समाजसेवी क्यापेटन बुद्धि बहादुर जिटी, सचेतना आमा समूह पडसरीको अध्यक्ष सिता सुवेदी न्यौपाने, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक अमृता केसी, क्लबका पदाधिकारी, सदस्य लगायतको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार