मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिंहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

जनकपुरधाम । सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शैय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शैय्या सञ्चालन गरिरहेको तथा तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यसेवा प्रदान गर्दै आएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

स्थानीय तहबाट १५ शैय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।  

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको जानकारी दिए ।    

आइतबार बोदेबर्साइनस्थित पाँच अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट सेवा सञ्चालन अनुमति नलिएका थप चार अस्पताललाई बन्द गर्ने निर्देशन दिएका छन् ।  

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय १२ वटा अस्पताल बन्द गराइएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार