मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

सप्तरीको बोदेबर्साइनमा मुख्यमन्त्री सिंहको अनुगमन, पाँचमध्ये चार अस्पताल बन्द गर्न निर्देशन

Ujyalosandeshonline 12611+ समाचार ( )
१६ चैत्र २०८१, आइतबार

जनकपुरधाम । सप्तरीको बोदेबर्साइनमा स्वास्थ्य व्यावसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा आठ बेड र अन्तरङ्ग विभागमा नौ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटल प्रालिलाई १५ दिनभित्र कानुनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शैय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शैय्या सञ्चालन गरिरहेको तथा तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यसेवा प्रदान गर्दै आएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

स्थानीय तहबाट १५ शैय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेर सञ्चालमा आएको सो अस्पताल मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।  

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले नेपाल स्वास्थ्य व्यावसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यावसायीबाहेक अन्य स्वास्थ्य व्यावसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेको तर्फ मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको जानकारी दिए ।    

आइतबार बोदेबर्साइनस्थित पाँच अस्पतालको अनुगमन गरेका मुख्यमन्त्री सिंहले कुनै पनि तहबाट सेवा सञ्चालन अनुमति नलिएका थप चार अस्पताललाई बन्द गर्ने निर्देशन दिएका छन् ।  

बन्द गर्न निर्देशन दिइएका अस्पतालमा लाइफ केयर पोलिक्लिनिक प्रालि, छिननमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नईमा हेल्थ केयर एण्ड डाइगनेष्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि छन् ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म १ सय ६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय १२ वटा अस्पताल बन्द गराइएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार