मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

ट्रक ढुवानी क्षेत्रलाई डिजिटलाइजेशन गर्न प्रशिक्षण

Ujyalosandeshonline 12546+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित एकसय भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड(अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

उनले हाल देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। डिजिटलाइजेशनपछि ट्रकहरूको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

महासंघले ट्रक ढुवानीमा देखिँदै आएको सिन्डिकेट अन्त्य गर्न डिजिटल प्रणालीलाई विकल्पका रूपमा अघि सार्दै लोड बोर्ड एप तयार भइसकेको जनाएको छ। साथै, ढुवानी सेवा पारदर्शी बनाउन एक ठाउँबाट अर्को ठाउँमा ट्रक सञ्चालनको सम्पूर्ण प्रक्रिया डिजिटल ट्रयाकिङमार्फत व्यवस्थित गरिने बताइएको छ।

महासंघले ट्रक व्यवसायको आधुनिकिकरणका लागि डिजिटल डाटाबेस, स्मार्ट कार्ड प्रणाली, ट्रक रूट नियमन, सवारी पास तथा बिमा प्रणालीलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। कार्यक्रमको निष्कर्षमा महासंघले सरकार तथा सम्बन्धित निकायहरू सँग सहकार्य गर्दै ट्रक यातायातको डिजिटल रुपान्तरणलाई संस्थागत ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार