मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

झापाको बिर्तामोडमा कुटपिटबाट एक युवकको मृत्यु, एक पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

झापा । झापाको बिर्तामोड नगरपालिका–५ मा गएराति भएको कुटपिटबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड–५ निवासी ३० वर्षीय जगन राजवंशी रहेका छन् । प्रहरीका अनुसार राजवंशी र केही व्यक्तिबीच झगडा भएको थियो । झगडाले उग्र रूप लिँदा राजवंशीमाथि कुटपिट भएको र उनी गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि बिएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार