मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाले ल्यायो ८३ करोड ९४ लाखको बजेट

अनिल नेपाली 141+ समाचार ( )
१२ असार २०८२, बिहीबार

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ९४ लाख ७४ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १७ औं अधिवेशनमार्फत उपप्रमुख बालकृष्ण बञ्जाडेले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ५४ करोड १६ लाख ८९ हजार, पुँजीगत २९ करोड ७७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

संघ सरकारबाट सर्शत अनुदान ३४ करोड ६८ लाख, समानीकरण ११ करोड १४ लाख, राजश्व बाँडफाँट १० करोड ७ लाख, संघको विशेष अनुदान ६८ लाख र समपूरक अनुदान १ करोड १२ लाख प्राप्त हुने अनुमान रहेको छ ।

लुम्बिनी प्रदेशबाट सर्शत १ करोड १५ लाख, समानीकरण ७६ लाख, राजश्व बाँडफाँट १ करोड ४० लाख, विशेष अनुदान १८ लाख र समपुरक ११ करोड २० लाख रुपैयाँ हुने एवं भूमिकास्थान नगरपालिकाको आन्तरिक आम्दानी ८२ लाख हुने प्रारम्भिक अनुमान रहेको बञ्जाडेले बताए ।

भूमिकास्थानले कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र समाजिक विकासलाई बजेटमा प्राथमिकता दिएको छ । नगरले बाँझो जग्गा लिएर दुई वर्षदेखि खती गर्दै आएको छ । ३ सय २९ रोपनी क्षेत्रफलमा प्याज, अकबारे खुर्सानी, मकैको बीउ उत्पादन र धान खेती गर्दै आएको छ । कर्मशील जनशक्ति परिचलान गरी नगर आफैं उत्पादनमा लागेको छ ।

यस आर्थिक वर्ष २ सय ५० जनाले रोजगारी पाएका छन् भने आगामी आर्थिक वर्षमा १ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको नगरपालिका सूचना अधिकारी हरिश्चन्द्र भुसालले बताए । अप्रत्यक्ष रुपमा ३ सय जनाले कर्मशील जनशक्ति परिचालनमा रोजगारी पाउने अनुमान रहेको छ । ५० रोपनी खेती गर्ने क्षेत्रफल अर्को वर्ष थपिने पनि भुसालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार