मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

रोकियो महामन्त्री थापाको ‘ मेची–महाकाली संवाद यात्रा’

Ujyalosandeshonline 12546+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची–महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले उनले आफ्नो संवाद यात्रा स्थगित गरेका हुन् । 

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गर्दै तत्कालका लागि आफ्नो संवाद यात्रा रोक्ने जानकारी गराएका हुन् । नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित एक कार्यक्रममा सो जानकारी गराए ।

थापाले झापाबाट यही माघ १३ गते संवाद यात्राको थालनी गरेका थिए,भने यात्रालाई यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम तय थियो । 

यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या लगायतका विषयमा जनतासँग प्रत्यक्ष भेटेर छलफल गर्दै अभियानलाई अगाडि बढाएका थापाले स्थगित भएको यात्रालाई महासमितिको बैठकपछि पुनः समय मिलाएर निरन्तरता दिने थापाको सचिवालयले जनाएको छ।

तर, कांग्रेसको ‘समुदायमा कांग्रेस यात्रा’ र संवाद यात्रा तत्काल रोकिए पनि फागुन ७, ८ र ९ गते हुने महासमितिको बैठकलगत्तै सुरु गर्ने थापाले जानकारी गराएका छन् । 

यही विषयमा औपचारीक निणर्य गर्न कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा जारी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार