मुख्य समाचार
सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा | नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा | भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली |

रुपन्देहीको कोटहीमाईमा विद्यार्थीको आँखा र दाँत परीक्षण शिविर सम्पन्न

Ujyalosandeshonline 12196+ समाचार ( )
१३ जेठ २०८३, बुधवार

मर्चवार ।  रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ स्थित श्री लालबिहारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि निःशुल्क आँखा तथा दाँत परीक्षण शिविर सम्पन्न भएको छ । बुटवलका तीन वटा रोटरी क्लबको संयुक्त आयोजनामा सोमबार उक्त शिविर सञ्चालन गरिएको हो ।

ग्रामीण क्षेत्रका बालबालिकाको आधारभूत स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको यस शिविरमा विद्यालयका करिब ३ सय विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो । शिविर रोटरी क्लब मेडिको फ्युजन, रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ तिनाउ बुटवलको संयुक्त आयोजनामा भएको हो, जसलाई श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवा र आले डेन्टल क्लिनिक, बुटवलले प्राविधिक सहयोग पुर्‍याएका थिए ।

शिविरमा परीक्षण गरिएका करिब १ सय विद्यार्थीमध्ये १० प्रतिशतमा आँखाको सामान्य समस्या देखिएको छ भने दाँत परीक्षण गरिएका २ सय विद्यार्थीमध्ये २५ जनामा दाँतसम्बन्धी समस्या भेटिएको रोटरी क्लबका अध्यक्ष पुरनबहादुर ज्ञवालीले बताउनुभयो । समस्या देखिएका विद्यार्थीहरूलाई सोही अवसरमा आवश्यक औषधि वितरण गर्नुका साथै स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो । नियमित स्वास्थ्य परीक्षणले बालबालिकामा हुने समस्याको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।

यसैगरी रोटरी क्लब अफ सेन्ट्रल बुटवलकी अध्यक्ष उमा आचार्यले संस्थाले स्वास्थ्य, सरसफाइ, शिक्षा र विपन्न परिवारको उत्थानका लागि विभिन्न सामाजिक कार्य गर्दै आएको र विद्यालयस्तरका स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखेको बताउनुभयो । शिविरबाट विद्यार्थी, अभिभावक तथा विद्यालय परिवार लाभान्वित भएका छन् भने विद्यालय व्यवस्थापन समितिले बालबालिकाको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक संस्थाहरूप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार