मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रोगहरु विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ : स्वास्थ्य मन्त्री पौडेल

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् । नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ । 

स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि संघीय अस्पतालहरुको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भैरहेको बताए ।‘हामीले स्वास्थ्य सेवा सुधारमा इमान्दार प्रयास गरिरहेका छौं । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवद्र्धन गरिरहेका छौं ।’ 

मन्त्री पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त गरेर बालबालिकाहरुमार्फत स्वास्थ्य सम्बन्धी सचेतना समुदाय स्तरसम्म पुर्याउने कार्य प्रारम्भ भएको बताए । ‘हाम्रा विद्यालयहरुमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयसँगसमेत सहकार्य गरिरहेका छौं,’मन्त्री पौडेलले भने, ‘विद्यालय शिक्षाका माध्यमबाट नागरिकमा स्वस्थ जीवनशैलीका प्रभावकारी विधि प्रवद्र्धन गरेर नागरिकलाई स्वस्थ बनाउने हाम्रो प्रयास रहनेछ ।’ 

मन्त्री पौडेलले नागरिकका स्वास्थ्य उपचारसम्बन्धी विवरण पटक पटक जाँच गर्नु नपर्ने गरी एउटै प्रणालीमा आउने र राज्यले नागरिकको स्वास्थ्यबारे प्रभावकारी तथ्यांक पाउने गरी विद्युतीय चिकित्सा व्यवस्थापन प्रणाली कार्यान्वयनको चरणमा गएकाले यसले स्वास्थ्य सेवामा अर्को योगदान दिने विश्वास व्यक्त गरे । क्याम्पस प्रमुख घनश्याम पाठकले डिजिटल प्रविधिबाट कक्षा आउन नसक्नेलाईसमेत ध्यानमा राखेर थालिएको भिडियो अनलाइन कक्षा सरकारी क्याम्पसहरुमा पहिलो भएको दावी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार