मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

म्याग्दी (बेनी)। बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी आयआर्जनमा जोड्न ‘परम्परागत पञ्चैबाजा’ सिकाउन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाका महिला र आमा समूहका प्रतिनिधिहरुलाई पञ्चैबाजा बजाउने तालिम दिन सुरु गरिएको हो । 

बुधबारदेखि सुरु भएको पञ्चैबाजा प्रशिक्षणमा वडाभित्रका विभिन्न आमा समूह र महिला समूहका प्रतिनिधि सहभागी जनाएका छन् । वडाभित्र पञ्चैबाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायत शुभकार्यहरुमा पञ्चैबाजा बजाउनका लागि बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउन पञ्चैबाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो । “हरेक शुभकार्यहरुमा पञ्चैबाजा बजाउने प्रचलन छ, हाम्रो वडामा पञ्चैबाजा बजाउने समूह नहुँदा समस्या छ, त्यसैले प्रशिक्षण सञ्चालन गरेका हौँ”, केन्द्रका अध्यक्ष शर्माले भन्नुभयो । 

पैँतालिस दिनसम्म सञ्चालन हुने तालिममा पञ्चैबाजा प्रशिक्षक प्रकाश परियार र सतप्रसाद छिनालले व्यावहारिक प्रशिक्षण दिनुहुनेछ । चालु आर्थिक वर्षमा नौमती बाजा संरक्षण तथा सीप विकासका लागि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले रु एक लाख ५० हजार र सीप विकास तालिमका लागि गण्डकी प्रदेश सरकारले रु एक लाख २० हजार अनुदान प्रदान गरेको छ । पञ्चैबाजामा सहनाइ, ढोलकी, ट्याम्को, दमाहा, झ्याली र कर्नल समावेश छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार