मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सहकारी शिक्षा तालिम सम्पन्न

Ujyalosandeshonline 12612+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

भैरहवा । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर–७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताए । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।

त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गरे । उनले भने, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’

कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार