मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सहकारी शिक्षा तालिम सम्पन्न

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

भैरहवा । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर–७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए ।

सो अवसरमा बोल्दै सहकारीका अध्यक्ष खिम बहादुर खत्रीले संस्थाको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको बताए । उनले भने, ‘सहकारीमा शेयर सदस्यहरुले कसरी योगदान गर्न सक्नुहुन्छ ? शेयर सदस्यहरुको संख्या कसरी वृद्धि गर्न सकिन्छ ? लगायत सहकारीका विषयमा विस्तृत रुपमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थालाई अब्बल सहकारीको रुपमा स्थापित गर्न लागिपरेको बताए । अध्यक्ष खत्रीले देशको आर्थिक स्थिति जर्जर अवस्थामा पुगेको र केही सहकारीका गलत क्रियाकलापका कारण सहकारीहरु मर्कामा परेको बताए ।

त्यस्तै सहकारीका सचिव अनिल कुमार ज्ञवालीले बढी ब्याज पाउने लोभमा सहकारीको बारेमा नबुझी पैसा जम्मा नगर्न आग्रह गरे । उनले भने, ‘हजुरहरुको पैसा सुरक्षित छ कि छैन । त्यसतर्फ ध्यान दिनुपर्छ ।’

कार्यक्रममा १२५ जनाको उपस्थिति रहेको तालिम संयोजक तथा सहकारीको शिक्षा उपसमिति संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार