मुख्य समाचार
पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द | बिमा दाबी गर्न सुनचाँदी चोरीको नाटक | भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित |

कृषि उद्यम मार्फत स्वरोजगार बढाउन सकिन्छ : सभामुख

Ujyalosandeshonline 11511+ समाचार ( )
१५ असार २०८२, आइतबार

राप्ती उपत्यका (देउखुरी) । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलेन निर्वाहमुुखी कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिमा आत्मनिर्भता बढाउन सकिने जनाउनु भएको छ । साथै उहाँले कृषि उद्यमशिलताको विकास मार्फत कृषिलाई स्वरोजगारसंग जोड्न सकेमा वैदेशिक रोजगारीमा भर पर्नु पर्ने बाध्यताको अन्त्य गर्न सकिने  जनाउनु भएको छ । 

२२ औं राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले कृषिलाई आधुनिकीकरण गर्न जमिनको चक्लाबन्दी, सिचाईको राम्रो प्रवन्ध, आधुनिक उपकरण, मल, उन्नत बिउ बिजनको उचित ब्यवस्था गर्न आवश्यक रहेको जनाउनु भएको छ।    "सिचाईको अभावमा कृषहरुले अहिले पनि आकाशको भर पर्नु पर्ने बाध्यता हटेको छैन । सिंचाईको उपयुक्त व्यवस्था र मलखाद आदिको व्यवस्था मिलाउन तथा नीति कार्यक्रममा समावेश गरिए अनुसार कृषि क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तथा सरोकारवाला निकायहरुको ध्यानकर्षण समेत गराउंदछु ।" शुभकामना सन्देशमा उल्लेख छ ।  

 संघीय, प्रदेश र स्थानीय सरकारबाट कृषि उत्पादन बढाउने गरी नीति निर्माण भएपनि कार्यान्वयनको अवस्थामा सुधार ल्याउन नसकिएकोर कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रसंग जोडेर यसको दिर्घकालिन नीति निर्माण गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख छ । 

उहाँले लुम्बिनी प्रदेश सभा कृषिबाटै जनताको जीवनस्तर उकास्न कृषिमैत्री कानुन र नीति निर्माणमा प्रतिवद्ध रहेको र यो दिवसको अवसरमा कृषकको हक अधिकार स्थापित गर्न तथा कृषिको प्रवद्र्धनको लागि सधै प्रतिवद्ध भएर लाग्ने विश्वास समेत दिलाउनु भएको छ । 

नेपालको आर्थिक विकासमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहेको जनाउनुहुदै उहाँले  धान लगायतका बालीको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने अवस्था श्रृजना गर्न सकेमा “धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भता” भन्ने यो वर्षको दिवसको नाराले सार्थकता पाउने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । 

आज असार १५ । मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा समेत यस दिनलाई लिईन्छ । कृषिमा उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उदेश्यले २०६१ साल देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो । धान  नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको उत्पादन वार्षिक सरदर ५५ लाख मेट्रिक टन छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार