मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

चिसो बढेपछि जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप

Ujyalosandeshonline 12679+ समाचार ( )
२१ पौष २०८१, आइतबार

भैरहवा । विगत केही दिनदेखि पश्चिमी हावासँगै बाक्लो हुस्सु तथा शितलहरी हुन थालेपछि रुपन्देहीमा अत्यधिक चिसो बढेको छ । चिसो बढ्दै गएपछि  ग्रामीण बस्तीहरुको जनजीवन प्रभावित बन्दै गएको छ भने बजारमा चहलपहल समेत घटेको छ । 

अधिकांश क्षेत्रलाई बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले ढाक्ने गरेको छ । दिउँसोपख हुस्सु केही कम भएपनि घाम भने नलाग्ने गरेको रोहिणी गाउँपालिकाका स्थानीय जयप्रकाश यादवले बताए । बिहानैदेखि बाक्लो हुस्सु, शीतलहरसँगै चिसो हावा चल्दा जनजीवन कष्टपूर्ण रहेको र यो समयमा व्यापार समेत घटेका कारण व्यवसायी चिन्तित रहेको उनको भनाइ छ । चिसोले मानिस मात्र नभइ घरपालुवा जनावरलाई समेत समस्या भएको उनले बताए । चिसोका कारण पशुमा ज्वरो आउने, काँप्ने र रोगी हुने गरेको समस्याहरु हुने गरेको किसानहरु बताउँछन । बाक्लो कुहिरोले तेलहन, दलहन, आलु लगायतका खेतीमा पनि असर पुगेको छ ।

चिसो बढ्दा किसान र मजदुरलाई दैनिक कामकाज गर्न समस्या परेको छ । पुसको दोस्रो सातामा आएर बढेको चिसोले न्यानो कपडा नभएका परिवारको दैनिकी असाध्य कष्टकर बनेको हो । चिसोले स–साना बालबालिका, वृद्धवृद्धा र अशक्त प्रभावित भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । 

जाडोबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले स्वास्थ्यमा ख्याल गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । अहिले अस्पतालमा दम, निमोनिया, ज्वरो, झाडापखाला लगायत स्वास्थ्य सम्बन्धी समस्या भएका बिरामीहरु आउने गरेको भीम अस्पताल भैरहवाका सूचना अधिकारी तथा बालरोग विशेषज्ञ डा.आरिफ हुसेनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार