मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

Ujyalosandeshonline 12611+ समाचार ( )
१९ माघ २०८२, आइतबार

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गर्नुभएको छ ।माल्दिभ्समा यही माघ २१ देखि माघ २७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १४ खेलाडी र चार अफिसियल रहेका छन् ।  

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष रहनुभएका महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिङ्गो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तरराष्ट्रियस्तरमा देश र सङ्गठनको गौरव बढाउन टोलीलाई शुभकामना दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरूलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार