मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

दशैं अगाडिसम्म सबै दुग्ध र उखु किसानको वक्यौता भुक्तानी गरिने

Ujyalosandeshonline 12614+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दशैं अगाडि सम्म सबै दुग्ध किसानहरुको वक्यौताको भुक्तानी गर्ने भएको छ । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री राम नाथ अधिकारीले साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको भन्दै बाँकी रहेको एक अर्ब ३६ करोड रुपैयाँदशैं अगाडि सम्म भुक्तानी गर्ने जानकारी दिएका हुन् । 

उनले भने,‘दुग्ध किसानले पाउनु पर्ने वक्यौताको उपलब्ध गराउन सुरु भएको छ । साउन महिनामा मात्र २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । बाँकी एक अर्ब ३६ करोड रुपैयाँ अब किसानको पैसा तिर्न बाँकी छ । त्यो रकम कम्तिमा भदौ महिना भित्र नत्र दशैं अगाडि सम्म सबै किसानहरुले विगत ११ महिना देखि बाँकी रहेको भुक्तानी गरि सक्ने विश्वास दिलाउन चाहन्छु ।’

किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालय सँग ६० करोड रुपैयाँको पहल गरिएको पनि उनले जानकारी दिए । 

मन्त्री अधिकारीले उखु किसानहरुको भुक्तानी गर्न बाँकी रकम एक अर्ब ३० करोड पनि दशैं अगाडि नै उपलब्ध गराउने विश्वास दिलाए । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मलखरिद र विरतरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेको उनको भनाई छ । 

उनले भने,‘उखु किसानहरुको बारेमा पनि मन्त्रालय जानकार छ । दशै अगाडि नै रकम उपलब्ध गराउनेगरी मन्त्रालयले गृहकार्य थालि सकेको छ । एक अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी छ । रसायनिक मल खरिद प्रक्रियालाई छिटो र छरितो बनाउनका साथै निजी क्षेत्रलाई पनि मल खरिद र वितरणमा सहभागी गराउने विषयमा आवश्यक गृहकार्य सुरु गरेका छौं ।’ 

उनले सँधै उधारो दुध किसानबाट लिने ,नगदमा बेच्ने र किसानलाई पैसा नदिने समस्या रहेको भन्दै यसको दिर्घकालिन रुपमा समाधनका लागि पहल गरिरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार