मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह

Ujyalosandeshonline 12537+ समाचार ( )
५ मंगशिर २०८२, शुक्रबार

बाजुरा । बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो । जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन बाजुराका निमित्त निर्वाचन अधिकारी अंगत बहादुर महतले बताए ।

त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको  जानकारी दिए । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको महतको भनाइ छ । 

५ नगरपालिका र ४  गाउँपालिका रहेको बाजुरामा जिल्लाभर हाल ७० वटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र रहेका छन् । जिल्लामा ८६ हजार ५ सय ७५ मतदाता रहेका छन् ।जसमा  ४४हजार ५ सय ३५ पुरुष र ४१ हजार ९ सय २० महिला रहेका छन् । त्यस्तै ११२ मतदान केन्द्र छन् भने ७० वटा मतदान स्थल रहेका छन् ।

बाजुरामा सबैभन्दा बढि मतदाता भएको स्थल खप्तड छेडेहद ५ डोगडी र सबैभन्दा कम हिमाली गाउँपालिका वडा नम्बर ३ रहेको छ। त्यहाँ क्रमश २ हजार ४ सय ६२ र ५ सय ४५ मतदाता रहेका छन् । असोज १० गतेबाट मतदाता नामावली संकलन सुरु थियो । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार