मुख्य समाचार
संसदीय छानबिन समिति गठन गर्नै हुन्न ? यस्तो छ विगतको अभ्यास | ओम्स लुम्बिनी र स्वयंसेवी रक्तदाता समाजको आयोजनामा रक्तदान | नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको लुम्बिनी प्रदेश अध्यक्षमा पोखरेल | ‘विकासको मामिलामा राजनीति भन्दा माथि उठेर एकजुट हुन आवश्यक’ | भैरहवा भन्सार परिसरमा भारतीय चालक लक्षित ट्राफिकको ‘सम्झाई–बुझाई’ अभियान | हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न चेतावनी | पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली | कर्णाली हाफ म्याराथनको उपाधि सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई | आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता, लाइफटाइम अचिभमेन्ट अवार्ड मल्ललाई | मासिदै भैरहवाको रैथाने हाटबजार, मुकदर्शक स्थानिय तह |

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

Ujyalosandeshonline 2528+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

काठमाडौं ।  विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ।

आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्न तथा  सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’ सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार