मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रविधिको विकासमा कोशी सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 12611+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेशको पहिलो सूचना प्रविधि (आईटी) समीटको उद्घाटन गर्दै उनले प्रदेशको विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका हुन् । उनले युवाहरूको सुझावको आधारमा आईटी नीति निर्माण गर्ने धारणा राखे ।

उनले भने, ‘कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ,’मुख्यमन्त्री कार्कीले भने, ‘यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ ।’ सम्मेलनमा कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरूबारे प्रस्तुत गर्दै वक्ताहरूले कोशीलाई काठमाडौं पछिको आईटी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए । 

प्रविधि अध्ययन गरिरहेका दिपेश पोखरेलले स्थानीय जनशक्तिलाई प्रदेशमै अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए । नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पु¥याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका छन् । उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार