मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

प्रविधिको विकासमा कोशी सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

Ujyalosandeshonline 10783+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचना प्रविधिको विकासका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेशको पहिलो सूचना प्रविधि (आईटी) समीटको उद्घाटन गर्दै उनले प्रदेशको विकासमा प्रविधिको प्रयोग अपरिहार्य रहेको बताएका हुन् । उनले युवाहरूको सुझावको आधारमा आईटी नीति निर्माण गर्ने धारणा राखे ।

उनले भने, ‘कोशीको यो पहिलो आईटी सम्मेलनले हामीलाई थप ऊर्जा दिएको छ,’मुख्यमन्त्री कार्कीले भने, ‘यसै वर्षदेखि सरकारले सूचना प्रविधिमा लगानी बढाएको छ र आगामी आर्थिक वर्षबाट योजनाबद्ध रूपमा अगाडि बढ्ने तयारीमा छ ।’ सम्मेलनमा कोशी प्रदेशमा सूचना प्रविधिका सम्भावना र अवसरहरूबारे प्रस्तुत गर्दै वक्ताहरूले कोशीलाई काठमाडौं पछिको आईटी गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका थिए । 

प्रविधि अध्ययन गरिरहेका दिपेश पोखरेलले स्थानीय जनशक्तिलाई प्रदेशमै अवसर दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारलाई योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिए । नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा उद्यमी मञ्चका अध्यक्ष मुनान रिजालले कोशीलाई डिजिटल केन्द्रको रूपमा विकास गर्दै स्टार्टअपहरूलाई आवश्यक सहयोग पु¥याउने र प्रविधिमा आधारित नीति निर्माण गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

समिटमा प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सहभागिता जनाएका छन् । उनीहरूले प्रविधिमा कोडिङ मात्र नभई विविध क्षेत्रमा सम्भावना रहेको बताउँदै सिकाइ, सृजनशीलता र नवप्रवर्तनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार