मुख्य समाचार
पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित |

प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक

Ujyalosandeshonline 11000+ समाचार ( )
२१ फाल्गुन २०८०, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ । त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन् ।

सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका थिए । त्यहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन् । 

त्यसअघि विहान ८ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । श्रोतका अनुसार बैठकमा विवादित मन्त्रीहरुलाई राजीनामा गराउने विषयमा प्रधानमन्त्री दाहालले प्रस्ताव ल्याउँदैछन् । 

गठबन्धनमा मन्त्रीहरुको हेरफेर गर्ने दाहालको प्रस्ताव दुई महिनादेखि अरु नेताहरुले अस्वीकार गर्दै आएका थिए । तर राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र अन्य राजनीतिक घटनाक्रमले असमझदारी बढाउँदा वर्तमान गठबन्धनमै जोखिम पर्न सक्ने देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा लचिलो बनेका छन् । 

प्रधानमन्त्री दाहालले आइतबार विहानदेखि देउवासहित गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत पटक–पटक भेटवार्ता गरेका थिए । 

आजको गठबन्धन बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनदेखि मन्त्री हेरफेर र संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ । एक मन्त्रीका अनुसार आजको गठबन्धन बैठकले टीआरसी विधेयकलाई संसद्बाट पास गरेर टुंगोमा पु¥याउने विषयमा निर्णय लिनेछ । ‘अहिलेसम्म सर्वसहमतिबाट विधेयकलाई टुंगोमा पु¥याउनेबारे छलफल भयो । तर अब सबैको सहमति पर्खिने वा बहुमतबाट गर्ने भन्ने विषयमा धेरै अलमल गर्नुहुदैन भन्ने निष्कर्षमा पुगेका छौँ,’ ती मन्त्रीको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार