मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राणा शासनविरुद्ध गणेशमान सतिसालझै उभिनुभयोः पूर्वराष्ट्रपति डा यादव

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ कार्तिक २०८२, सोमबार

काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता तथा लौहपुरुष गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताउनुभएको छ ।

आज गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको गणेशमान सिंहको १११ औँ जन्मजयन्ती तथा जनआन्दोलन स्वर्ण पदक वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गणेशमान सिंहले जहानियाँ राणा शासनका विरुद्ध जुन ढङ्गले आन्दोलनको अगुवाइ गर्नुभयो, त्यो नेपाली इतिहासमा सतिसालझैँ दृढ र अविचलित उदाहरण बनेको उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, “गणेशमान सिंहले नेपाली समाजलाई स्वतन्त्रताको बाटो देखाउनुभयो । उहाँको योगदान केवल कांग्रेस पार्टीका लागि मात्रै होइन, सम्पूर्ण नेपाली जनताको लागि थियो । उहाँले देखाएको मार्ग अनुशरण गर्नसके मात्रै देश साँचो अर्थमा समृद्ध र लोकतान्त्रिक बन्न सक्छ ।”

पूर्वराष्ट्रपति डा यादवले गणेशमान सिंहको नेतृत्व, साहस र राष्ट्रप्रेमकै कारण आफू पनि राजनीतिमा प्रवेश गरेको र उहाँले पार्टी तथा देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने असाधारण गुण प्रदर्शन गर्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणेशमान सिंहले कहिल्यै पद वा शक्ति खोज्नुभएन । उहाँले पार्टी र देशको हितलाई सधैँ व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुभयो । त्यही नै उहाँको महानता हो ।” डा यादवले विसं २०१७ को घटनापछि नेपाली कांग्रेसको नेतृत्वमा विपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूको योगदानले देशमा लोकतन्त्रको नयाँ आधार तयार भएको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, “म जनकपुरमा जन्मेको एक साधारण व्यक्ति हुँ । हामीलाई लोकतन्त्रप्रेमी बनाउने प्रेरणा दिने काम विपी, गणेशमान र कृष्णप्रसादबाट आएको हो । काङ्ग्रेसका नेता कार्यकर्ताहरूको पहिचान नै उहाँहरूको त्याग र आदर्शबाट बनेको हो ।”

पूर्वराष्ट्रपति यादवले आफ्नो विद्यार्थी जीवनको पनि स्मरण गर्नुहुँदै आफू डाक्टर पढ्न भारत गएको बेला गणेशमान सिंहले कलकत्तामा रहेका लाखौँ नेपालीहरूका बीचमा डाक्टरको रूपमा सेवा गर्नुहोस् र लोकतन्त्रका विषयमा छलफल गर्नुहोस् भन्ने खालका विशेष सन्देश दिनुभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “देशका लागि सीपयुक्त प्राविधिक जनशक्ति चाहिन्छ, राम्रोसँग डाक्टर पढेर नेपाल फर्कनुहोस् । उहाँका यी शब्दहरूले मलाई मात्र होइन, हजारौँ युवालाई पनि देश सेवाको बाटोमा अघि बढ्ने प्रेरणा दिएको छ ।”

वरिष्ठ पत्रकार विष्णु निष्ठुरीले नेपाली इतिहास र लोकतन्त्र प्राप्तिका लागि नेपाली पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निष्ठुरीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै उहाँको आदर्श, निष्ठा र साहस नेपाली राजनीतिका सबै पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार