मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

पर्यटकीय क्षेत्र चखेवामा सशस्त्र प्रहरीको अस्थायी वेश क्याम्प पुनः स्थापना

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ पौष २०८२, शनिबार

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–४ चखेवामा सशस्त्र प्रहरी बल नेपालको अस्थायी वेश क्याम्प पुनः स्थापना गरिएको छ । स्थानीय तह र नागरिकको निरन्तर पहल तथा मागपछि पुनःअस्थायी वेश क्याम्प स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर–५ गुल्म (भोजपुर) अन्तर्गतको उक्त क्याम्प गत भदौ महिनादेखि हटाइएको थियो ।

जेनजी आन्दोलनपश्चात् गत भदौ महिनामा चखेवा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको वेश क्याम्प हटाइएपछि सुरक्षा संवेदनशील मानिने चखेवा तथा मुन्दुम पदमार्ग आसपासको क्षेत्रमा स्थानीयवासीले सुरक्षा चुनौती महसुस गर्दै आएका थिए । सशस्त्र प्रहरी बल–५ गुल्म भोजपुरका प्रमुख दिव्यराज कोइरालाले यसअघि सङ्गठनको निर्णयअनुसार क्याम्प जिल्लामा गाभिएको भए पनि वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले सीमा सुरक्षासँगै स्थानीय नागरिकको जिउधनको सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताउनुभयो । पुस १९ गतेदेखि क्याम्प पूर्ण रूपमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । मुन्दुम पदमार्गसँगै भोजपुर र खोटाङ जिल्लाको सीमा क्षेत्रसमेत पर्ने भएकाले सुरक्षा सुनिश्चित गर्न क्याम्प पुनःस्थापना गरिएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

जिल्लादेखि केन्द्रसम्म निरन्तर समन्वय र पहलपछि क्याम्प पुनःस्थापना गर्न सफल भएको उहाँको भनाइ छ । विगतमा स्थानीयस्तरमै पाँच रोपनी जग्गा उपलब्ध गराएर क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो । “चखेवामा पुनःसशस्त्र प्रहरीको वेश क्याम्प स्थापना भएको छ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “विगतदेखि सञ्चालनमा रहेको क्याम्प हटेपछि पुनः स्थापना गर्न निकै मेहनत गर्नुप¥यो । जिल्लादेखि केन्द्रसम्म समन्वय गरेर यहाँको सुरक्षा संरचना पुनःस्थापित गर्न सफल भएका छौँ ।”

क्याम्प पुनःसञ्चालनमा आएपछि चोरी तथा अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन र पर्यटकको सुरक्षामा टेवा पुग्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन् । अस्थायी वेश क्याम्प स्थापनासँगै चखेवा तथा आसपासका बासिन्दाले राहत महसुस गरेका छन् । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले क्याम्प पुनःस्थापनाले गाउँपालिकाको समग्र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने बताउनुभयो । चखेवा पर्यटकीय क्षेत्र रहेकाले यहाँ सुरक्षाको उपस्थित अपरिहार्य रहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार