मुख्य समाचार
बाढीप्रभावित क्षेत्रमा उद्धार र खोजी तीव्र, सात हजार नौ सय प्रहरी परिचालन | उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! | नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन | सिमकोटमा विद्युत् आपूर्ति बन्द | कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु | माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार | दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद | आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै | अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै | खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो |

बाढीप्रभावित क्षेत्रमा उद्धार र खोजी तीव्र, सात हजार नौ सय प्रहरी परिचालन

Ujyalosandeshonline 12231+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सिर्जित बहुआयामिक चुनौतीका बाबजुद नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिएको छ। सीमित साधनस्रोतका बाबजुद उपलब्ध प्रविधि, तालिमप्राप्त कुकुर तथा ड्रोन क्यामेराको प्रयोग गरी प्रहरी टोली प्रभावित क्षेत्रमा अहोरात्र खटिएका हुन्।

हालसम्म विपद् व्यवस्थापनका लागि सात हजार नौ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरी छ हजार आठ सय ५३ जनाको सकुशल उद्धार गरिएको छ। सम्पर्कविहीन रहेका पाँच हजार १५ जना नागरिकको खोजी कार्य निरन्तर जारी छ। खोजी तथा उद्धारलाई व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयमा २४ सै घण्टा अनुगमन गर्ने गरी ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरिएको छ, जसले प्राप्त अनुरोधका आधारमा मातहतका निकायलाई परिचालन गर्दै आएको छ।

त्यसैगरी, विदेशी नागरिकको खोजी तथा सूचना आदानप्रदानका लागि missing help desk स्थापना गरिएको छ भने भेटिएका शवहरूको पहिचानका लागि वैज्ञानिक विधि, फोरेन्सिक जाँच र डिएनए प्रोफाइलिङको व्यवस्था मिलाइएको छ। बाढी प्रभावित क्षेत्रमा विस्थापितका खाली घरको सुरक्षा, राहतको नाममा हुन सक्ने ठगी, लुटपाट तथा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक अफवाह नियन्त्रणका लागि गस्ती र निगरानी बढाइएको छ।

नेपाल प्रहरी अस्पतालको टोलीमार्फत घाइतेहरूको उपचार तथा मनोसामाजिक परामर्श प्रदान गर्नुका साथै प्रभावित क्षेत्रमा सामुदायिक सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन्। होल्डिङ सेन्टरहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षाका लागि महिला प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय तह र अन्य सुरक्षा निकायसँगको समन्वयमा अबरुद्ध सडक खुलाउने र हिलाम्मे भएका सार्वजनिक स्थल सफाइ गरी जनजीवन सामान्य बनाउन प्रहरी अग्रसर रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार