मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

रवि लामिछानेको आक्रोश : मलाइ सहकारी ठग बनाउन हेडलाइन आतंक ?

Ujyalosandeshonline 10783+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबर्जस्ती सहकारी ठग बनाउन सञ्चारमाध्यमहरुले हेडलाइन आतंक मच्चाएको आरोप लगाएका छन् ।

सहकारी ठगीमा नाम मुछिएपछि. प्रष्टीकरण दिन सोमबार पत्रकार सम्मेलन गर्दै उनले  नगरेका दुष्कार्यमा आफूलाई जोड्न जोडबल लगाएर सञ्चारमाध्यम पछि परेको दाबी गरे ।

उनले भने, ‘पैसा मेरा खातामा आएको होइन, कसैले राखिदिएको जस्तो ग¥यो । त्यही विषयलाई लिएर सञ्चारमाध्यमहरुले आतंक मच्चाए । यसका कानुनी पाटो होला कसले ग¥यो, किन ग¥यो, के कारणले ग¥यो ? अनुसन्धान होला नि ।’

ग्यालेक्सी टेलिभिजनमा आफू कुनै लेनादेना नभएको मान्छे भएको भन्दै लामिछानेले आफूलाई आरोप लगाउनुभन्दा सहकारीपीडित लक्षित समाचार लेखिएका भए आधा समस्या समाधान भइसक्ने बताए ।

‘यति खोजी र मेहेनत सुन काण्डमा गर्दिएको भए सुनकाण्डका सबै जेल जान्थे । म सञ्चारजगतबाटै आएको मान्छे भएकाले मैले यति ठूलो सञ्चार माध्यमलाई रिर्पाेटिङ सिकाउने कुरा त आउँदैन । तर, थाहा पाइ पाइ किन नलेख्दिएको होला । कसैले बद्मासी गरेको हुन सक्छ भन्दिएको भए कानुनी रुपमा हेर्ला भन्ने हुन्थ्यो । ठाडै सोझै प्रत्येक्ष उनको संलग्नता भनेर कान्तिपुरले लेख्यो हेडलाइनमाथि हेडलाइन लेखेको लेख्यै, जसमा सत्य छैन,’ उनले भने, ‘विरोधीहरुलाई दसैं आएको जस्तो भएको छ । जसलाई विरोधको लागि विरोध गर्नु छ प्रमाणसहित बैंकबाट आएको कागज देखाउँदा पनि पुग्नेवाला छैन । सञ्चारमाध्यमलाई अनुरोध गर्छु म जस्तो नेता आउँछन् जान्छन्, सञ्चारमाध्यमको विश्वसनीयता गयो भने लोकतन्त्र खतरामा पर्छ । मेरो रिसले या अन्य नेताको रिसले सञ्चारमाध्यमको विश्वसनीयतामा सिंगो पुस्तालाई प्रश्न आउने वातावरण बन्द गरौं ।’

गलत हेडलाइन सच्याउन सञ्चारमाध्यम तयार हो त ? भन्दै प्रश्न गरेका उनले बेतिथिविरुद्ध लड्न सधंै समन्वय र सहकार्य गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार