मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

Ujyalosandeshonline 12679+ समाचार ( )
तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
१९ वैशाख २०८३, शनिबार

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)  परिसरमा निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । आज त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

महानिरीक्षक कार्कीले समयमै निर्माण सम्पन्न गर्न योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । 

महानिरीक्षक कार्कीले शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । उहाँले प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर जनचेतामूलक कार्यक्रममा जोड दिनुपर्ने र नागरिकहरूले पनि ट्राफिक नियमको पूर्ण पालनामा सचेत हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आफ्नो धारणा राख्नुभएको थियो । 

यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक ई चिरन्जिवी प्रताप महतोले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

त्यस अवसरमा महानिरीक्षक कार्कीले कार्यालय परिसरमा वृक्षरोपण गर्नुका साथै भवन निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तिलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको थियो । गण्डकी प्रदेश सरकारको रु तीन करोड दुई लाख १२ हजार ६७६ लागतमा त्यहाँ कार्यालय भवन, ब्यारेक, मेसलगायत संरचना निर्माण गरिएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार