मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

समाजवादी युवा संघ लुम्बिनीको अध्यक्षमा विकास यादव

Ujyalosandeshonline 12611+ समाचार ( )
१५ पौष २०८०, आइतबार

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशको पुर्नगठन भेला कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । भेलाले रुपन्देहीका विकास यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । 

अध्यक्षमा चयन भएका यादवले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । ७ वर्षदेखि जसपाको विभिन्न पदमा रही काम गर्दै आएका युवा नेता यादव विभिन्न संघ संस्थामा समेत आबद्ध छन् । उनी लियो क्लब अफ सिद्धार्थनगरको पूर्वअध्यक्ष, नमो बुद्ध सोसाइटीको अध्यक्ष, श्री जनचेतना माध्यमिक विद्यालय व्यवस्थापन समिति मायादेवी–८, रुपन्देहीको सदस्यलगायत जिम्मेवारीमा छन् । अध्यक्षमा चयन भएका यादवले पार्टीसँग समन्वय गर्दै युवाहरुलाई अघि बढाउने खालको कार्यक्रम गर्ने बताए ।

प्रदेश समितिको उपाध्यक्षमा विरेन्द्र बनिया (बर्दिया), राकेश यादव (कपिलवस्तु), मुख्य सचिवमा राजु यादव (नवलपरासी), सचिवमा अस्फाक अहमद (कपिलवस्तु), वसन्त प्रकाश यादव (दाङ) र कोषाध्यक्षमा सुनिता हरिजन (रुपन्देही) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विकास मौर्य दिवाकर यादव, मिना कुमारी गुप्ता, राकेश ठाकुर, लक्ष्मीना मल्लाह (रुपन्देही), विज्ञान यादव (दाङ), कौशल नागवेशी, सुग्रीम यादव, बब्बु सिंह, रोहित यादव, अब्दुल सहिद, नरेश कुमार चौधरी, रामवृक्ष यादव (क), रामवृक्ष यादव (ख) (कपिलवस्तु), अजय गुप्ता, हृदेश गुप्ता, शैलेश चौहान, श्याम प्रकाश यादव, श्यामलाल चौहान (नवलपरासी), अश्विन पौडेल, प्रहलाद गोडिया र सुरेश यादव (बर्दिया) रहेका छन् ।
नवगठित समितिलाई समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिलिप पटेलले सपथग्रहण गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार