मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

समाजवादी युवा संघ लुम्बिनीको अध्यक्षमा विकास यादव

Ujyalosandeshonline 11768+ समाचार ( )
१५ पौष २०८०, आइतबार

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशको पुर्नगठन भेला कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । भेलाले रुपन्देहीका विकास यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । 

अध्यक्षमा चयन भएका यादवले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । ७ वर्षदेखि जसपाको विभिन्न पदमा रही काम गर्दै आएका युवा नेता यादव विभिन्न संघ संस्थामा समेत आबद्ध छन् । उनी लियो क्लब अफ सिद्धार्थनगरको पूर्वअध्यक्ष, नमो बुद्ध सोसाइटीको अध्यक्ष, श्री जनचेतना माध्यमिक विद्यालय व्यवस्थापन समिति मायादेवी–८, रुपन्देहीको सदस्यलगायत जिम्मेवारीमा छन् । अध्यक्षमा चयन भएका यादवले पार्टीसँग समन्वय गर्दै युवाहरुलाई अघि बढाउने खालको कार्यक्रम गर्ने बताए ।

प्रदेश समितिको उपाध्यक्षमा विरेन्द्र बनिया (बर्दिया), राकेश यादव (कपिलवस्तु), मुख्य सचिवमा राजु यादव (नवलपरासी), सचिवमा अस्फाक अहमद (कपिलवस्तु), वसन्त प्रकाश यादव (दाङ) र कोषाध्यक्षमा सुनिता हरिजन (रुपन्देही) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा विकास मौर्य दिवाकर यादव, मिना कुमारी गुप्ता, राकेश ठाकुर, लक्ष्मीना मल्लाह (रुपन्देही), विज्ञान यादव (दाङ), कौशल नागवेशी, सुग्रीम यादव, बब्बु सिंह, रोहित यादव, अब्दुल सहिद, नरेश कुमार चौधरी, रामवृक्ष यादव (क), रामवृक्ष यादव (ख) (कपिलवस्तु), अजय गुप्ता, हृदेश गुप्ता, शैलेश चौहान, श्याम प्रकाश यादव, श्यामलाल चौहान (नवलपरासी), अश्विन पौडेल, प्रहलाद गोडिया र सुरेश यादव (बर्दिया) रहेका छन् ।
नवगठित समितिलाई समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिलिप पटेलले सपथग्रहण गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार