मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट | अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा | धनुषामा श्रीमान्–श्रीमती मृत फेला | विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न |

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

Ujyalosandeshonline 12589+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ ।स्थानीय उत्पादनसँग जोडेर आर्थिक विकासको लागि महिलाहरूमा रोजगारी सृजना गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ । 

पहिलो चरणमा बिस्कुट बनाउने तालिम दिइने बताउँदै तामाङले महिलाहरूले व्यावसायिक रूपमा काम सुरु गरेपछि थप आइटम बनाउने तालिम पनि दिने बताए । ‘पहिला यसमा राम्रो जान्ने हुन्, त्यसपछि यसका थप भेराइटीहरु पाउरोटी लगायतका परिकार बनाउने तालिम पनि दिने योजनामा छौं,’उनले भने । 

कोदोको पिठोबाट यस्ता सामाग्री बन्ने रहेछ भन्ने कुरा आफूहरूले थाहा पाएको बताउँदै सहभागी महिलाहरू तालिम सिकेर बिस्कुट कारखाना खोल्ने योजना सुनाउँछन् । आफूहरूले उत्पादन गरेका स्थानीय पौष्टिक बिस्कुट गाउँपालिकाका विद्यार्थीहरूलाई खाजाको रूपमा पुर्याउने योजना उनीहरूको छ । 

महिलाहरूले तालिम सिकेपछि उद्योग सञ्चालनको लागि आवश्यक उपकरण, फर्निचरलगायत सक्दो सहयोग गर्ने वडाध्यक्ष तामाङले बताए । स्थानीय उत्पादनसँग जोडिएका उद्योग प्रवर्धन गर्न सक्दो सहयोग गर्ने उनले बताए ।  

दुरागाउँ र आसपासको क्षेत्र राम्रो कोदो उत्पादन हुने क्षेत्र हो । त्यहाँ उत्पादन भएको कोदामा आधारित भएर उद्योग सञ्चालन गर्ने हो भने स्थानीय उत्पादनले राम्रो मूल्य पाउनुको साथै उद्यमी महिलाहरूले पनि राम्रो आमदानी गर्न सक्ने तामाङको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार