मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

Ujyalosandeshonline 11768+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ ।स्थानीय उत्पादनसँग जोडेर आर्थिक विकासको लागि महिलाहरूमा रोजगारी सृजना गर्न तालिम सञ्चालन गरिएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए । तालिममा स्थानीय १५ जना भन्दा बढी महिलाहरूको सहभागिता रहेको छ । 

पहिलो चरणमा बिस्कुट बनाउने तालिम दिइने बताउँदै तामाङले महिलाहरूले व्यावसायिक रूपमा काम सुरु गरेपछि थप आइटम बनाउने तालिम पनि दिने बताए । ‘पहिला यसमा राम्रो जान्ने हुन्, त्यसपछि यसका थप भेराइटीहरु पाउरोटी लगायतका परिकार बनाउने तालिम पनि दिने योजनामा छौं,’उनले भने । 

कोदोको पिठोबाट यस्ता सामाग्री बन्ने रहेछ भन्ने कुरा आफूहरूले थाहा पाएको बताउँदै सहभागी महिलाहरू तालिम सिकेर बिस्कुट कारखाना खोल्ने योजना सुनाउँछन् । आफूहरूले उत्पादन गरेका स्थानीय पौष्टिक बिस्कुट गाउँपालिकाका विद्यार्थीहरूलाई खाजाको रूपमा पुर्याउने योजना उनीहरूको छ । 

महिलाहरूले तालिम सिकेपछि उद्योग सञ्चालनको लागि आवश्यक उपकरण, फर्निचरलगायत सक्दो सहयोग गर्ने वडाध्यक्ष तामाङले बताए । स्थानीय उत्पादनसँग जोडिएका उद्योग प्रवर्धन गर्न सक्दो सहयोग गर्ने उनले बताए ।  

दुरागाउँ र आसपासको क्षेत्र राम्रो कोदो उत्पादन हुने क्षेत्र हो । त्यहाँ उत्पादन भएको कोदामा आधारित भएर उद्योग सञ्चालन गर्ने हो भने स्थानीय उत्पादनले राम्रो मूल्य पाउनुको साथै उद्यमी महिलाहरूले पनि राम्रो आमदानी गर्न सक्ने तामाङको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार