मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

नेपाल भलिबल संघ र केल्मीबीच नयाँ सम्झौता

Ujyalosandeshonline 12455+ समाचार ( )
१५ चैत्र २०८०, बिहीबार

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) र खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय कम्पनी केल्मीबीच नयाँ सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच संघले केल्मीसँग सम्झौता गरेको हो । 

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केल्मीका कन्ट्री डिरेक्टर प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आए पनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग सम्झौता गरिएको संघका अध्यक्ष चन्दले बताए । 

उनका अनुसार भलिबल संघले केल्मीसँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको हो । सम्झौताअनुसार केल्मीले नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली र जुनियर गरी चार टोलीलाई जर्सी लगायत विभिन्न खेल सामाग्री उपलब्ध गराउने छ ।  

केल्मीले तीन वर्षमा करिब एक करोड रुपैयाँ बराबरको खेल सामाग्री भलिबल संघलाई उपलब्ध गराउने छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामग्री व्यवस्थापनमा भोग्दै आउनु परेको समस्याबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दले केल्मीलाई धन्यवाद दिए । 

केल्मीका कन्ट्री डिरेक्टर न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी १०–२० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे । 

नेपाली खेलकुदमा भलिबलको लोकप्रियता बढ्दै गएको र राष्ट्रिय खेल पनि भएकाले आफूहरुले भलिबल संघसँग सहकार्य गरेको केल्मी नेपालका म्यानेजिङ डाइरेक्टर उत्तम न्यौपानेले बताए ।

सम्झौतापछि केल्मीले एक सय वटा नेट र ४ सय वटा बल संघलाई प्रदान गर्ने अध्यक्ष चन्दले बताए । उक्त खेल सामाग्री नेपालको भलिबल विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका क्लब, प्रदेश र जिल्लालाई प्रदान गरिने चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार