मुख्य समाचार
जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह |

संस्कृति, सभ्यतालाई जाेगाइराख्न सहकार्य गर्छाैं:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11871+ समाचार ( )
२९ भाद्र २०८१, शनिबार

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा- प्रतिष्ठान गठनकाे पक्रिया सुरु गरेकाे छ  । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनकाे प्रक्रिया सुरु गरेकाे जानकारी दिनु भएको छ ।शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गाेष्ठी २०८१ काे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा-प्रतिष्ठान गठनकाे लागि विधेक तयार पारेर प्रदेश सभामा लगेर कानुनी आधार तयार पारिने बताउनु भयाे ।`लुम्बिनी प्रदेशकाे कला, साहित्य, संस्कृतिकाे संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा-प्रतिष्ठान गठन गर्छ ।

यसबाट प्रदेशकाे कला, साहित्य, संस्कृतिकाे विकासमा याेजना बनाएर काम अघि बढ्छन´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`कला, साहित्य, संस्कृतिकाे जगेर्ना गरेर समाज विकास र रुपान्तरणकाे अभियानमा अघि बढ्न सकिन्छ ।´ साहित्य, कला, संस्कृतिकाे जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेकाे भन्दै यस तर्फ सबैकाे चिन्ता र चासाे हुनुपर्ने धारणा राख्नु भयाे ।

लुम्बिनी प्रदेश साहित्यकाे उर्वर भूमि रहेकाे, धेरै साहित्य अनुरागी, स्रष्टाहरुकाे याेग्दानलाइ संरक्षण गर्न खाेज अनुसन्धान गरेर प्रतिवेदनहरुकाे दस्तावेजीकरण गर्न आग्रह गर्नु भयाे । कला, साहित्य, संस्कृतिकाे संरक्षण, विकास र प्रबर्द्धन गर्न प्रदेश सरकारले सहकार्य गर्ने, सबै साहित्यकारहरुलाइ उत्साहित बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभाग र लुम्बिनी वाङ्मय प्रतिष्ठानकाे सहकार्यमा आयाेजित लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा-नारी काव्य सङ्गाेष्ठी २०८१ आयाेजना गरिएको छ । प्रदेशका १२ जिल्लाका साहित्य अनुरागिहरुकाे बिशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रकाे विकासकाे लागि प्रदेश तहहरुमा प्रज्ञाप्रतिष्ठान निर्माण गरेर जान सकिने, यस तर्फ प्रदेश सरकारले अघि बढाउने याेजनामा सहकार्य गर्ने बताउनु भयाे । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समाज रुपान्तरण र जागरणका लागि साहित्य क्षेत्रकाे ठूलो याेग्दान रहेकाे चर्चा गर्नु भयाे । लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष  सृजना ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्कृति र सभ्यताकाे वहाक साहित्य क्षेत्र भएको बताउनु भयाे । कार्यक्रममा भगवती पाण्डे अर्यालले कार्यपत्र प्रस्तुत गर्दै १२ जिल्लाकाे अवस्थाकाे चित्रण गर्नु भएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार