मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

Ujyalosandeshonline 12548+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता एवम प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

‘राप्रपाले वर्तमान संविधानले काम गर्दैन भनिरहेको परिस्थितिमा संविधान संशोधनको एजेन्डा सहित मूलतः नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रूपमा सकारात्मक हिसाबले लिएको भए पनि तत्पश्चात्का सम्पूर्ण गतिविधिहरूको विश्लेषण गर्दा, राप्रपाले आइतबार संसदमा प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको छ,’पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत लिने तयारी गरेका छन् । ३० दिनसम्ममा विश्वासको मत लिन पाउने व्यवस्था भए पनि प्रधानमन्त्रीले आइतबारकै संसद् बैठकमा विश्वासको मत लिन लागेका हुन् । ओली आइतबार संविधानको धारा ७६(२) बमोजिम चौथो पटक प्रधानमन्त्री भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार