मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन’

Ujyalosandeshonline 12457+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरुको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताएका छन् । शुक्रवार प्याप्सनको आठौं राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उनले निजी विद्यालयहरुलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताएका हुन् । 

उनले भने,‘सरकार आफ्नो धारणा नीतिगत रुपमा स्पष्ट पारेको छ । हरेक कुरा पारदर्शी गराएको छ । मैले पटक पटक भनेको छु, निजी या आवसीय विद्यालयहरुको स्थापनाले सार्वजनिक अथवा सामाजिक विद्यालयको गुणस्तर घटाएको होइन । निजी या आवसीय विद्यालयलाई समाप्त गरिदियो भने सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्ने होइन ।’

गृहमन्त्री लेखकले थप भने,‘सरकारले सामूदायिक विद्यालय सञ्चालन गर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ । तर निजी र आवसीय विद्यालय हरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ । त्यो विल्कुल बेठिक छ ।’ उनले निजी र आवसीय विद्यालयहरुको देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै शिक्षको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका रहेको बताए । 

यस्तै उक्त्त समारोहमा बोल्दै रास्वपाका सांसद हरी ढकालले अनावश्यक दलीयकरण शिक्षा क्षेत्रको महारोग भएको बताए । यस्तैगरी, कार्यक्रममा नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपालको संविधानले निःशुल्क शिक्षाको व्यवस्था गरेपनि त्यो पुरा गर्न चुनौति रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार