मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

धमाधम फरार प्रतिवादीहरू पक्राउ गर्दै रूपन्देही प्रहरी

Ujyalosandeshonline 12548+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । रुपन्देहीको विभिन्न प्रहरी युनिटहरुले कर्तव्य ज्यान मुद्दा, कुटपिट, सार्वजनिक अपराध, भ्रष्टाचार र लागूऔषध मुद्दाका एक दर्जन फरार प्रतिबादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अदालतबाट सजाए फैसला भएपछि मुद्दाका प्रतिवादीहरु फरार थिए । प्रहरीले अभियान चलाएर फरार प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । कर्तव्य ज्यान र कुटपिटको मुद्दामा फरार रहेका रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ का साधु तिवारी, जोगी तिवारी, फौजदार मुसलमान र रामजित लोधलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलले सार्वजनिक अपराध र कर्तव्य ज्यान मुद्दामा फरार रहेका बुटवल उप–महानगरपालिका–४ का साजन थापा, युवराज थापा, बुटवल उपमहानगरपालिका–१ का शिवलाल बिक, बुटवल–३ का राजेन्द्र अमात्यलाई पक्राउ गरेको छ ।

भ्रष्टाचार मुद्दामा फरार रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का नागेन्द्रप्रसाद तिवारीलाई इलाका प्रहरी कार्यालय लुम्बिनीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलले लागूऔषध र सार्वजनिक अपराध मुद्दामा फरार रहेका बुटवल–७ का सन्तोष राना, बुटवल–७ का सन्दिप राना र तिलोत्तमा नगरपालिका–४ का सुरज गुप्तालाई पक्राउ गरेको छ ।

पक्राउ परेका प्रतिवादीहरुलाई सजाए भुक्तानका लागी जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही डीएसपी सुरज कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार