मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

निजामती विधेयकभित्र ट्रेड युनियनको विषय सामान्य हो : बर्तौला

Ujyalosandeshonline 12548+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकमा ट्रेड युनियनको विषय ठूलो विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यति सानो विषयलाई ठूलो बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास ट्रेड युनियनका नेताहरुबाट भएको भन्दै आक्रोश व्यक्त गरे । 

उनले भने, ‘संघीय निजामती विधेयकभित्रको ट्रेड युनियनको विषय भनेको निकै सानो विषय हो । तर यसलाई सबैभन्दा ठूलो विषय बनाएर अन्य विषयलाई ओझेलमा पार्ने प्रयास अहिलेका ट्रेड युनियनका साथीहरुले गरिरहनु भएको छ । यो ठिक भएन् । ट्रेड युनियनको कानून र अधिकारको कुरालाई यति धेरै बलशाली तरिकाले उठाउनुपर्ने अवस्था थिएन । यो विषय सांसदहरुको तर्फबाट उठेको होईन, ट्रेड युनियनको आन्दोलनमा लागेका साथीहरुका तर्फबाट बढी उठेको हो यसरी उठ्नुपर्ने कुनै आधार देख्दिन् ।’

यसको साथै, उनले संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषयमा अदालतले पनि प्रश्न उठाउन नमिल्ने भन्दै ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनका अध्यक्षले धम्कीपूर्ण रुपमा विज्ञप्ति निकाल्नु गलत भएको बताए ।  

उनले भने, ‘संसदमा वा संसदीय समितिमा सांसदहरुले उठाएका विषय अदालतको पनि मसला बन्न सक्दैँन् । अदालतमा पनि प्रश्न उठाउन पाइदैँन् । तर बोलेर बाहिर नआउदैँ मिडियाको हेडलाइनलाई आधार बनाएर नेपालको सबैभन्दा ठूलो ट्रेड युनियनको रुपमा रहेको युनियनको अध्यक्षले हस्ताक्षर गरेर जे विज्ञप्ति निकाल्नुभयो त्यो धम्कीपूर्ण रुपमा थियो । त्यो गलत कुरा हो । सांसदले बोलेको कुरालाई केन्द्रीत गरेर विज्ञाप्ति निकाल्ने र चेतावनी दिने कुरा बेठिक हो ।’

सरकारले महत्व दिएर अगाडि बढाएको विधेयकमाथि यस्तो प्रश्न उठ्नु राम्रो नभएको भन्दै राम्रो काम गर्न खोज्दा पनि गलत भएको उनको भनाई छ । 

सरकारको नेतृत्व गरिरहेको एमाले, सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र मधेस केन्द्रित राजनीतिक दलका भातृ संगठनका रूपमा रहेका कर्मचारी ट्रेड युनियनका अध्यक्षहरूले शुक्रबार विज्ञप्ति जारी गरेर संसदीय समितिमा धारणा राख्ने दलका प्रमुख सचेतक र सचेतकहरूलाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार