मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

आगामी वर्ष २०८१ मा ३० दिन सार्वजनिक बिदा

Ujyalosandeshonline 12611+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्जजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो ।

मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक शनिबारे बिदा परेको छ ।  

यसरी विभिन्न पर्व तथा जयन्ती र शनिबारसहितको बिदा जोड्दा आगामी वर्ष ८३ दिन सार्वजनिक बिदा परेको छ ।

बिदा सूचीअनुसार मुलुकभरि सार्वजनिक बिदा हुने पर्वमा पहिलो नव वर्षको दिन अर्थात् वैशाख १ गते छ ।

त्यसपछि वैशाख ५ गते रामनवमी र जेठ १० गते चण्डी पूर्णिमा, बुद्ध जयन्ती, राई, लिम्बू, याक्खा, सुनुवारलगायतका किरात समुदायको उभौली पर्वको सार्वजनिक बिदा छ ।

भदौ ३ गते रक्षा बन्धन, भदौ १० गते श्रीकृष्ण जन्माष्टमी र असोज १७ गते घटस्थापनाको दिन सार्वजनिक बिदा छ ।

त्यस्तै, अगामी वर्ष असोज २४–२८ फूलपातीदेखि द्धादशीसम्म पाँच दिन दसैं बिदा  छ भने कात्तिक १५–१९ लक्ष्मीपूजादेखि पाँच दिन तिहार बिदा दिइएको छ ।

त्यसैगरी, सरकारले कात्तिक ११ गते छठ पर्व, मंसिर ३० गते धान्य पूर्णिमा अर्थात् किरात समुदायको उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्ति, माघ १७ गते सोनाम ल्होसार, फागुन १४ गते महाशिवरात्रि, फागुन १६ गते हिमाली आदिवासी शेर्पाले मनाउने ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिएको छ ।

मुलुकभरि सबैलाई हुने सार्वजनिक दिवस बिदामा वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १५ गते गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, माघ १६ गते शहीद दिवस, र फागुन ७ गते प्रजातन्त्र दिवस, र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको बिदा छ ।

सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार