मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरीको सानदार जित, प्रोफेसनलको लज्जास्पद हार

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ माघ २०८१, सोमबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लबले प्रोफेसनल मास्टर्स–११ माथि सानदार दिए निकालेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको सोमबारको खेलमा लुम्बिनी खुकुरीले प्रोफेसनललाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सानदार जित हात पारेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ३० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ८५ रनको बलियो योगफल बनायो । उसको लागि प्रज्वल थापा र शंकर रानाले अर्धशतकीय इनिङ खेले । थापाले ८४ रन बनाउँदा रानाले ७२ रन बनाए । यस्तै, निश्चल चौधरीले ११ रन बनाए । बलिङमा प्रोफेसनलका जयप्रताप यादवले २ तथा कृष्ण पराजुली, अख्तर हुसेन र करण साहनीले १–१ विकेट लिए ।

प्रोफेसनल मास्टर्सले जवाफी ब्याटिङ गर्दै १९ ओभर ५ बलमा ६७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न प्रोफेसनलका अजयकुमार चौहानले ४, सहदेश जिसी र आरिफ खानले २–२ तथा सेहजाद आलम र साहब आलमले १–१ विकेट लिए । प्रोफेसनलका इमरान खानले २२, अजय रसाइलीले १३ र तुसार चौहानले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले लज्जास्पद हार ब्यहोर्यो । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार