मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कक्षा १२ परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका धनुषाको आग्रह

Ujyalosandeshonline 11768+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

जनकपुर ।  धनुषा जिल्लामा वैशाख ११ गतेदेखि सुरु हुन लागेको कक्षा १२ को वार्षिक परीक्षालाई सुव्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई परीक्षा सुरक्षार्थ कर्मचारी खटाउन अनुरोध गरेको छ ।

जिप्रका धनुषाले परीक्षा अवधिभर परीक्षा केन्द्रहरूमा कर्मचारीहरूको उपस्थिति अनिवार्य हुने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी दिउँसो १२ बजेसम्म खटिन सक्ने कर्मचारीहरूको विवरण पठाउन आग्रह गरेको हो ।

पठाइने विवरणमा कर्मचारीको नाम, पद, इमेल, मोबाइल नम्बर तथा कार्यरत कार्यालयको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।

जिल्ला प्रशासनले यस्तो पहल परीक्षा प्रक्रियालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउनका लागि गरिएको जनाएको छ । साथै, समयमै कर्मचारीको विवरण नआए प्रशासनिक कठिनाइ हुन सक्ने भन्दै सम्बन्धित कार्यालयहरूलाई शीघ्र समन्वय गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार