मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रुपन्देही–१ का राप्रपा उम्मेदवार प्रज्जवल बोहराको प्रतिबद्धता : 'जनताको आवाज बनेर अलपत्र विकास योजना पूरा गर्छु'

Ujyalosandeshonline 12320+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

धकधई । रुपन्देही क्षेत्र नम्बर १ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तथा युवा नेता प्रज्जवल बोहराले आफू यस क्षेत्रका जनताको बुलन्द आवाज बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी घरदैलो तथा मतदाता भेटघाट अभियानका क्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले नागरिकले भोग्नुपरेका मूलभूत समस्याहरुको समाधानका लागि आफू दत्तचित्त भएर लाग्ने बताएका हुन् ।

रुपन्देही–१ का नागरिकका माग र आवश्यकतालाई सम्बोधन गर्न आफू हरदम तयार रहेको बताउँदै बोहराले विगतमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । विगतमा यस क्षेत्रबाट निर्वाचित भएका प्रतिनिधिहरुले चुनावका बेला गरेका बाचा पूरा गर्न इमान्दारी नदेखाएका कारण जनताले सास्ती खेप्नुपरेको उनको भनाइ छ । ती जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा नगर्दा जनताको आवाज बन्ने र विकास गर्ने दायित्व अब आफ्नो काँधमा आएको उनले स्पष्ट पारे ।

नेता बोहराले आफ्ना स्वर्गीय बुवा दीपक बोहराले १८ वर्षअघि यसै क्षेत्रबाट उम्मेदवारी दिँदा उठाएका जनसमस्याहरु आज पनि जस्ताको तस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार बुवाले त्यतिबेला सुरु गरेका विकास निर्माणका योजनाहरु सम्बन्धित निकायको बेवास्ताका कारण हाल अलपत्र अवस्थामा छन् भने अधिकांश पूर्वाधारहरु भताभुङ्ग भएका छन् । सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा र कृषि जस्ता अति आवश्यक क्षेत्रमा अझै पनि पर्याप्त पूर्वाधार बन्न नसकेको भन्दै उनले त्यसलाई पूर्णता दिने अठोट व्यक्त गरे ।

विगतका जनप्रतिनिधिको बेवास्ताका कारण रुपन्देहीको विकासको मुख्य आधार मानिएका महत्त्वपूर्ण आयोजनाहरु समेत खण्डहरमा परिणत भएको बोहराले बताए । उदाहरणका लागि उनले स्वर्गीय बोहराकै पहलमा सञ्चालित 'भैरहवा लुम्बिनी भूमिगत जल परियोजना'लाई प्रस्तुत गरे । रुपन्देही–१ मात्र नभई समग्र जिल्लाकै स्वरुप परिवर्तन गरिदिएको उक्त परियोजनाका संरचनाहरु हाल भताभुङ्ग अवस्थामा पुगेकोप्रति उनले दुखेसो पोखे । आफू निर्वाचित भएमा यस्ता अलपत्र र खण्डहर बनेका विकास योजनाहरुलाई पुनर्जीवन दिँदै जनतालाई प्रत्यक्ष राहत दिने गरी काम गरेर देखाउने विश्वास उनले मतदातालाई दिलाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार