मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

जिल्ला प्रहरी कार्यालय पाल्पाको नयाँ भवन उद्धघाटन

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ पौष २०८०, आइतबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाको भवन उद्घाटन गरिएको छ । भवनको नेपाल प्रहरीका प्रहरी महानिरिक्षक वसन्त बहादुर कुँवरले उद्घाटन गरेका हुन । उद्धघाटन भएको भवनमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, भान्सा घर, हिरासत कक्ष, व्यारेक र शौचालय, स्नान कक्ष रहेका छन ।

भवनको उद्घाटन गर्दै महानिरिक्षक कुँवरले देशको शान्ती सुरक्षामा दिनरात खटिने प्रहरीले आवश्यक पर्ने न्युनतम साधन स्रोतको कमीका बाबजुत पनी उत्कृष्ट कार्य गर्दै आइरहेको बताउदै निर्माण पुरा भएको भवनले पाल्पा प्रहरीको कार्य सम्पादनमा टेवा पुग्ने बताए । प्रहरी जनताको सेवक भएको उल्लेख गर्दै कुँवरले जनताले पनी प्रहरीलाई हरेक कुरामा सहयोग गरे देशमा पुर्ण शान्ती सुरक्षा स्थापित हुने उल्लेख गरे ।सो अवसरमा पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले जिल्लाको शान्ति, सुरक्षा र अवस्थाको बारेमा जानकारी गराएका थिए ।

कुल लागत रकम ६ करोड, ९५ लाख, ५५ हजार, ४ सय ३९ रूपैयां भवन निर्माण गरिएको प्रहरी नायव उपरिक्षक इन्जिनियर रोशन सारुले बताए । भवन निर्माणको ठेक्का शुभ कनस्ट्रक्शन प्रा.लि. काठमाडौ र प्राकृतिक निर्माण सेवा प्रा.लि. रूपन्देही भैरहवाले लिएको थियो ।समारोहमा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली कांग्रेस जिल्ला उप सभापति झपेन्द्र गहिरे, बिभिन्न राजनैतिक दलका प्रतिनिधी, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, तानसेन नगरपालिका वडा नं ४ का वडाध्यक्ष हेमन्त शाक्य, निर्माण कम्पनीका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार