मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |
मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |


नेपाल सि एम ए संघका प्रदेशस्तरीय भेला सम्पन्न,

Ujyalosandeshonline 12320+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

नवलपरासी । नेपाल सि एम ए संघ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सि एम ए/अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित तथा अधिकारको सुनिश्चितता, संगठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले संघलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानुनी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्तरक्रियाका क्रममा सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारलाई राज्यको नीति, निर्देशिका तथा ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरी लामो समयदेखि कायम अन्योलताको अन्त्य गर्नुपर्ने माग राखेका थिए।

सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै नेपाल सि एम ए संघका केन्द्रीय उपमहासचिव  ईश्वर चापागाईं (नवीन)ले संघले संघीय सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सकारात्मक पहल र समन्वय गरिरहेको जानकारी दिए । उनका अनुसार संघीय ऐन तथा निर्देशिकासँग बाझिने गरी केही प्रदेश तथा स्थानीय पालिका तहहरूले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी ऐन, नियम तथा कार्यविधि लागू गर्दा पारामेडिक्स स्वास्थ्यकर्मीहरू अनावश्यक अन्योल र अप्ठ्यारोमा परेका छन्।

उनले संघीय सरकारसँग पटकपटक भएका छलफल, सहमति तथा सम्झौताहरुलाई शीघ्र कार्यान्वयन गराई यस्ता नीतिगत समस्या तथा अन्योलताको दीर्घकालीन समाधान निकाल्न नेपाल सि एम ए संघ निरन्तर र सक्रिय रुपमा लागिरहेको स्पष्ट पारे। साथै, पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नदिने र राज्यसँग भएका सहमति र सम्झौताहरुलाइ कार्यनयन गर्न राज्यले आलटाल वा बेवास्ता गरेमा आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रमहरु गर्नुपर्ने अवस्था पनि आउनसक्ने हुनाले सबै जिल्ला कार्यसमितिका साथिहरुलाई आन्दोलनमा सक्रिय साथ र सहयोगको आव्हान पनि गरे ।

कार्यक्रम नेपाल सि एम ए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरू कपिल खलान, गोपाल उपाध्याय र राजु अर्यालको विशेष उपस्थिति रहेको थियो। उपाध्यक्षहरूले संघका भावी नीति, योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै संगठन विस्तार, पेशागत अधिकारको सुनिश्चितता र आगामी रणनीतिबारे धारणा राखेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले व्यक्त गरेका थिए भने  कार्यक्रमको सहजीकरण केन्द्रीय उपमहासचिव ईश्वर (नवीन) चापागाईं )ले गरेका थिए।

भेलाले संगठनलाई देशभर थप सुदृढ बनाउँदै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षण तथा नीतिगत अन्योलताको स्थायी समाधानका लागि संघ अझ प्रभावकारी रूपमा अघि बढ्ने निष्कर्ष समेत निकालेको छ।

प्रतिक्रिया

पुष्प राज उपाध्याय , भू पु केन्द्रीय सदस्य नपाल सि यम ए संघ १७ श्रावण २०८३, आइतबार

देशभरिका हेल्थपाेष्ट देखि ठूलठूला निजि तथा सरकारि अस्पतालमा हाम्रा स्वास्थ्कर्मी साथिहरूले निरन्तर सेवादिदै आईरहेका छन र सरकारले मान्यता दियकाे छ तर समान प्रमाण पत्र , समान स्तरकाे ब्यबसायि परिषद दर्ता वाला ले निजि स्तरमा साेहि काम गरेकाे मान्यता नपाउने भनेकाे अन्याय भयनर ? त्यसैले यस्तो दाेहाराे नीति बिभेपूर्ण पक्षपात का बिरूद्ध शसक्त आन्दाेलनकाे घाेषणा गराै ,।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार