प्रधानमन्त्री ओलीले दिए माघे संक्रान्ति शुभकामना

Ujyalosandeshonline 12554+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिँदै उनले आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि भएको भन्दै सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिएको बताए । 

उनले लेखेका छन्,‘आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व पनि हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । आज घिउ, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ । सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !!’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार