मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

भारतीय प्रधानमन्त्री मोदीद्वारा रवि लामिछाने र बालेन शाहलाई बधाई

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गर्दै निर्वाचनमा प्राप्त सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री मोदीले टेलिफोन संवादका साथै सामाजिक सञ्जालमार्फत समेत सन्देश जारी गर्दै नेपालको निर्वाचनमा रास्वपाले हात पारेको सानदार सफलता तथा दुवै नेताहरूको व्यक्तिगत जितका लागि खुसी व्यक्त गर्नुभएको हो।

उहाँले दुवै नेतालाई बधाई दिँदै गठन हुन लागेको आगामी नयाँ सरकारको पूर्ण सफलताका लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ। बधाई सन्देशका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा जोड दिनुभएको छ।

उहाँले नेपाल र भारतबीचको आपसी समृद्धि, समग्र प्रगति र जनस्तरको कल्याणका क्षेत्रमा मिलेर काम गर्न तथा सहकार्य गर्न भारत सदैव प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। दुई छिमेकी मुलुकबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री मोदीले आगामी वर्षहरूमा नेपाल र भारतबीचको सम्बन्धले नयाँ र थप सुदृढ उचाइ लिने कुरामा आफू पूर्ण रूपमा विश्वस्त रहेको स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार