मुख्य समाचार
सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते | महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर | बदलिँदो सुरक्षा चुनौती र राजस्व छली रोक्न सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो | अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारी लुम्बिनी प्रदेशकै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट घोषित | नवलपुरको चुलीबोझा गाउँ | ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम | सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो | हिउँदभरि सुनसान हुन्छ बुकीपाटन | यस वर्षको मनसुनः औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम | पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए |

यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

Ujyalosandeshonline 9307+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । 

सुदूरपश्चिम प्रदेशसभाका विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरेका हुन् । 

उनले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ओलीले भावनामा बगेर देश नबन्ने स्पष्ट गरे । उनले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशलाई जान नदिएर एकै आवाजमा उभिएकामा धन्यवाद व्यक्त गरे । 

‘पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने भन्ने पनि चलाइएका छ । कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ? जनताले मानिदिन परेन ?’, प्रधानमन्त्री ओलीको प्रश्न थियो, ‘राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएर राष्ट्रपतिका रुपमा हुनुहुन्छ । अरु कसैलाई कुर्सीमा राख्दैमा कोही राजा हुने हो र ?’ प्रधानमन्त्री ओलीले अहिले दुई ठुला दलको सहमतिबमोजिम सरकार बनेको र आफूहरुको सहमतिबमोजिम आफूले पूर्व घोषणाअनुसार सत्ता हस्तान्तरण गर्ने दोहोर्याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार