मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

Ujyalosandeshonline 11768+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।

कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि कामले निरन्तरता नपाएर अधुरै छाडिएको हो । 

लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पुल निर्माणमा भइरहेको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका बताउनुभयो । “प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन”, उहाँले भन्नुभयो, “हामी संयुक्त पहलमार्फत प्रदेश सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ । काममा ढिलाइ हुँदा नागरिकलाई प्रत्यक्ष असर पुगेको छ ।”

संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राईसहित तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए ।  

दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन् ।  विसं २०७७ असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्छ ।

पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ । स्थानीयवासीका अनुसार पुल बनेपछि यो क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्क मा सहजता आउनेछ । निर्माणकार्य लामो समयदेखि ठप्प हुँदा स्थानीय निरास भएका छन् ।  रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार