मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |
मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |


गुमेको दृष्टि फर्किँदा...

Ujyalosandeshonline 12258+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

कपिलवस्तु । लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले शल्यक्रियापछि पुनः दृष्टि फर्किदा औधि खुसी हुनुभयो । यही भदौ १५ गते आफूलाई पायक पर्ने घर नजिकैको स्थानमा सञ्चालन गरिएको प्रारम्भिक आँखा परीक्षण शिविरमा मोतियाबिन्दु देखिएपछि नगरपालिकाले उपलब्ध गराएको यातायातमार्फत उहाँ आधारभूत अस्पताल पुग्नुभएको थियो ।

शल्यक्रियापछि आँखाको पट्टी खोल्दा पुनः दृष्टि फर्किदा  ७० वर्षीय चौधरी अत्यन्त हर्षित देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो  “मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको छु । यो भन्दा अरु खुसी के हुन सक्छ ।   विगतमा आँखा उपचार गर्न भारत जानुपर्दथ्यो । अहिले आगनमै सेवा पाउन थालिएको छ । त्यो पनि पैसा पर्दैन । ”  

त्यस्तै, महाराजगन्ज –१ की ६५ वर्षीया राधा कोरीले पनि गुमेको दृष्टि फर्किएपछि खुसी व्यक्त गर्नुभयो । लामो समयदेखि पुनः आँखा देख्न पाउने आशा हराइसकेको बताउँदै उहाँले शल्यक्रियापछि  पुनः उज्यालो  भएकोमा खुसी लागेको बताउनुभयो । महाराजगन्ज नगरपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा शिविरबाट डेढ सयभन्दा बढी ज्येष्ठ नागरिक तथा विपन्न नागरिकको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । 

एटलस एलाइन्स नर्वेको आर्थिक  सहयोग तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको प्राविधिक समन्वयमा नगरपालिकाको आधारभूत अस्पतालमा सो शिविर  सञ्चालन गरिएको थियो ।  शिविरमा बिरामीको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सँगै औषधि र कालो चस्मासमेत उपलब्ध वितरण थियो ।  शिविरमा आएका बिरामीका लागि खाना, बसोबास तथा यातायातको समेत निःशुल्क व्यवस्था गरेको थियो ।

शल्यक्रिया शिविर सञ्चालन गर्नुअघि नगरपालिकाका वडा नं. २, ३, ४ र ११ मा एक ÷एक दिने प्रारम्भिक आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । ती शिविरमा १८५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधेश्याम जैसवालले जानकारी दिनुभयो । पहिचान भएका बिरामीमध्ये छनोट गरिएका डेढ सयभन्दा बढीको आधारभूत अस्पतालमा शल्यक्रिया गरिएको हो ।

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई लक्षित गरी नगरभित्रै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । नगरवासीसँग गरेको प्रतिबद्धताअनुसार स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । नगरप्रमुख खाँका अनुसार विसं २०७४ देखि नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । हालसम्म नगरपालिकाभित्र १० हजारभन्दा बढीको आँखा शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

शल्यक्रियापछि नगरप्रमुख खाँ, उपप्रमुख रीताकुमारी चौधरी (कुर्मी) तथा वडा नं १ का वडाध्यक्ष प्रमोद चौधरीलगायतले बिरामीलाई कालो चस्मा वितरण गर्नुभएको थियो । उपप्रमुख चौधरीले नागरिकलाई घरआँगनमै स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको नीतिअनुसार विगतदेखि नै निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार