मुख्य समाचार
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा | बढघर हुनु त यस्तो पो ... | पाल्पाको रम्भामा प्रहरीको सेवा प्रवाह सम्बन्धी नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न | लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने | मधेसको आर्थिक वृद्धि एक दशमलव ३१ प्रतिशतमा सीमित हुने | जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन | घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती | नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान | ‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीद्वारा नौबुँदे निर्देशिका जारी | सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री |

सिमलताल पहिरो : दुईवटा शव भेटियो, बेपत्ताको खोजीकार्य जारी

Ujyalosandeshonline 11315+ समाचार ( )
३० असार २०८१, शनिबार

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका दुई यात्रुवाहक बसको खोजीकार्य शनिबार दिनभर जारी छ । बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

शव र बस फेला नपरेपनि भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा दुईवटा शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेको एउटा शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए । 

घोप्टो परेको अवस्थामा शव शनिबार विहान नदी किनारामा भेटिएको हो । शवको साथमा कागजात आधारमा भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ । उनी बेपत्ता बसमै यात्रारत थिए भन्ने कुरा आएको छ । अझै अध्ययनका क्रममा छौं,’प्रहरी नायब उपरीक्षक रिजालले भने ।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ । अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ ।

भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौँको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढ्ेको बताइएको छ । काठमाडौँबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो ।

सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार