मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

रुपन्देही-१ मा कांग्रेसको चुनावी अभियान तीव्र, हिराबहादुर खत्री विजयप्रति विश्वस्त

Ujyalosandeshonline 12461+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

भैरहवा । आसन्न उपनिर्वाचन नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको चुनावी अभियानले तीव्रता पाएको छ। पार्टीका उम्मेदवार हिराबहादुर खत्रीले भैरहवामा आयोजित एक चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै फागुन २१ गतेको निर्वाचनका लागि पार्टीले देखाएको सक्रियता र एकताप्रति आभार प्रकट गर्नुभयो ।

खत्रीले यस निर्वाचनको घडीमा विगतका केही असन्तुष्टि र फरक धारणाहरूका कारण तटस्थ बसेका मतदाताहरूलाई समेट्दै कांग्रेसले देशभर सकारात्मक नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यो निर्वाचन केवल उम्मेदवार जिताउने मात्र नभई लोकतन्त्रलाई सुदृढ गर्ने, सुशासन प्रत्याभूत गर्ने र देशको सिङ्गो भविष्य तय गर्ने महत्वपूर्ण अवसर हो।

कार्यक्रममा बोल्दै खत्रीले क्षेत्र नम्बर १ मा पार्टीको सांगठनिक अवस्था बलियो रहेको जानकारी दिनुभयो। केन्द्रीय सदस्य अब्दुल रज्जाक र पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतका नेताहरूको सक्रियताले कार्यकर्तामा उत्साह थपिएको उहाँले बताउनुभयो। निर्वाचन परिचालन समितिमार्फत हरेक क्रियाशील सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरी चुनावी अभियानलाई तीव्र बनाइएको छ ।

कार्यक्रममा पार्टीका उपसभापतिको उपस्थितिबाट थप ऊर्जा प्राप्त भएको खत्रीले उल्लेख गर्नुभयो। अन्तमा, खत्रीले आन्तरिक विमतिहरूलाई उचित व्यवस्थापन गर्दै एकजुट भएर अगाडि बढ्न सबैलाई आग्रह गर्दै निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित रहेको दाबी गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार