मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण

Ujyalosandeshonline 12206+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

बाजुरा । बाजुराको बुढीगङ्गाका नगरपालिकाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर २ र ३ मा बसोबास गर्दै आएका १४ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । दशैं तिहारलाई लक्षित गर्दै गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान सामाग्री वितरण गरिएको सामाजिक अभियान्ता रिता शाहीले बताएकी छन्। उनका अनुसार,नेपाल भारत मैत्री सङ्घको आर्थिक सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको बताएकी हुन् ।

खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बताईन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनि ,सरव,सावुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियान्ता शाहीको भनाइ छ । 

काठमाडौ निवासी समाजसेवी मिङ्मा दोर्जे शेर्पाको आर्थिक सहयोगमा सदरमुकाम मार्तडी देखि गाउँ सम्म ढुवानी गरेर उक्त सामाग्री वितरण गरिएको हो । सामाजिक अभियान्ता रिता शाहीको समन्वय,सहकार्य तथा पहलमा बाजुराका दुर–दराजका गरिव तथा विपन्न घरपरिवार,विद्यार्थी लगायतलाई सहयोग गरिदै आएको छ । 

बाजुराका ९ वटै स्थानीय तहका गाउँ बस्तीमा पुगेर शाहीले गरिव तथा विपन्न घरपरिवारलाई हरेक समय विभिन्न सामाग्रीहरु वितरण गरिरहनु भएको छ । यहाँका बाढीपहिरो पीडितहरुलाई पनि शाहीकै समन्वयमा सहयोग गरिदै आएको छ । शाही विगत लामो समयदेखि बाजुराका बिपन्न घरपरिवारको साहारा बन्दै आएकी छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार