मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

लुम्बिनी शिक्षा निकेतन र लीलाराम सेमिफाइनलमा

Ujyalosandeshonline 12463+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

भैरहवा । लुम्बिनी शिक्षा निकेतन र रुपन्देही लीलाराम मावि भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेका छन् । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले जेसिज बोर्डिङ सेकेन्डरी स्कूललाई २९ रन र लीलारामले स्प्याङ्गल स्कूललाई १ सय ४१ रनले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का गरेका हुन् । 

टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शिक्षा निकेतनले ६ विकेट गुमाएर १ सय २७ रन बनायो । उसका लागि बासुदेव यादवले ४४, जाभेद खानले ३२, अलिउद्दिन खानले १८ र आजाद खानले नटआउट १० रन बनाए । बलिङमा जेसिजका आमोद बस्यालले २ तथा शिशिर घिमिरे र प्रथम जीएमले १–१ विकेट लिए । 

जवाफी ब्याटिङ गरेको जेसिजले ९ विकेट गुमाएर ९८ रन मात्रै बनायो र हार व्यहोर्यो । उसका लागि सम्राट राईले २४, आसिफ रहमानले १८ र सरजाद आलमले ११ रन बनाए । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहमद र अफसल खानले ३–३ तथा अफताब खानले २ र सफिउल्लाह खानले १ विकेट हात पारे । तौफिक अहमद प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे । 

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही लीलारामले ९ विकेट गुमाएर १ सय ७५ रनको बलियो योगफल बनायो । उसका लागि अजय केवटले ६१ रन अर्धशतकीय पारी खेले । यस्तै, प्रेमसागर यादवले २५ र आयन खानले २२ रन बनाए । बलिङमा स्प्याङ्गलका कृष्ण कोइरी र राजन यादवले २–२ तथा निरज कलवार र अर्मन खानले १–१ विकेट लिए । 

प्रतिउत्तरमा स्प्याङ्गल ११ ओभर २ बलमा ३४ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन खानले ४, आयन खानले ३, कृष्णमोहन कुर्मीले २ तथा प्रेमसागर यादवले १ विकेट हात पारे । स्प्याङ्गलका अभी चौधरीले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अजय केवट प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै