मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

Ujyalosandeshonline 11005+ समाचार ( )
४ कार्तिक २०८२, मङ्गलबार

जुम्ला । जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको छ । एकाबिहानै धानखेतमा पुगेर बेलुकी अबेरसम्म धान काटेर घर भित्र्ययाउन कार्यमा व्यस्त हुनेगरेको चन्दननाथ नगरपालिका–२ का स्थानीय लक्ष्मी कुमाइले बताउनुभयो । 

यहाँका अधिकांश किसानले खेतमा पाकेको धान काटेर घरमा भित्र्याउन चटारो परेको छ । दसैँ सकिएसँगै जुम्ली किसान धान भित्र्याउन कार्यमा जुटेका हुन् । जिल्लाका किसान धान भित्र्याउन लागिपरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । 

हाल यहाँको मौसम सफा छ । त्यसैले यहाँका किसानलाई बर्खेबाली धानलगायत कोदो, सिमी र फापरलगायत बाली घरमा भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका सबैजसो मार्सीधानका फाँटहरूमा किसान व्यस्त हुने गरेका छन् । यो धान चैतमा बीउ राख्ने, जेठदेखि असारमा रोपाइँ गर्ने, साउन भदौमा गोड्ने र असोज–कात्तिकभित्र धान काटेर घरमा भित्र्याउने गरेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ ।   

कार्यालयका अनुसार आव २०८०/८१ मा जुम्ली मार्सीधानको तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्ला बाहिर निर्यात भएको थियो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । मार्सीधानको क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । गतवर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष एक हजार दुई सय हेक्टरमा झरेर खेती भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।   

अहिले किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ १ र चन्दननाथ ३ का साथै लेकाली १ र लेकाली तीन जातको धानसमेत यहाँका किसानले रोप्ने गरेका छन् । जुम्ली मार्सीधान पहिचानसँग जोडिएको छ । अहिले मार्सीचामल सदरमुकाम खलङ्गामा प्रतिकेजी १८० रूपैयाँमा किनबेच भइरहेको छ । विशेषगरी जुम्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले मार्सीचामल लिन गरेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार