मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः कावा आयुक्त भण्डारी

Ujyalosandeshonline 12461+ समाचार ( )
तस्बिरः राजकुमार ओली/रासस
८ फाल्गुन २०८२, शुक्रबार

मोरङ । निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध  आयोगलाई सरोकार भएका सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज विराटनगरमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक आयुक्त भण्डारीले बढीभन्दा बढी जनताको सहभागितासहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सम्बद्ध सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  

उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जोकोही कारबाहीको भागिदार हुने स्पष्ट गर्दै विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा सरिक हुन सबैसँग अनुरोध गर्नुभयो । कार्यवाहक आयुक्त भण्डारीले निर्वाचन प्रचारप्रसारलगायत गतिविधिमा भारतीय नम्बरप्लेटको सवारीसाधनको प्रयोग निषेध गरिएको जानकारी दिँदै त्यसतर्फ सचेत रहन राजनीतिक पार्टी तथा उम्मेदवारको ध्यानाकर्षण गर्नुभयो । 

मितव्ययी भई यथासक्य कम खर्चमा निर्वाचन सम्पन्न गर्न लागेको प्रसङ्ग उल्लेख गर्दै उहाँले तोकिएको सीमाभित्र रही खर्च व्यवस्थापन गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा निर्वाचन आयोगबाट प्राप्त प्रतिबद्धतालाई साकार तुल्याउन कोशी प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो ।   

प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले निर्वाचनमा आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने अभियानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनमा सबै दल एवं उम्मेदवारबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा आयोजक संस्थाका प्रशासकीय निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गालले निर्वाचनलाई स्वच्छ, भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पूर्ण रुपमा पालना हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेशअन्तर्गत विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु, निर्वाचन कार्यालयका प्रमुख, कानुनविद्, मानवअधिकार तथा सञ्चारकर्मीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार