मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

स्याङ्जामा अवैध सालको काठसहित मिनी ट्रक र चालक प्रहरी नियन्त्रणमा

सुनिल जिआर 4+ समाचार ( )
३ पौष २०८२, बिहीबार

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ ओसारपसारमा संलग्न एक जनालाई मिनी ट्रकसहित नियन्त्रणमा लिएको छ । सेतीदोभानबाट पोखरातर्फ सालको काठ लैजाँदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले फेदीखोला गाउँपालिका वडा नम्बर २ सर्केटारीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्दा अवैध काठ फेला पारेको हो ।

प्रहरीले ग १ ख नम्बरको मिनी ट्रकलाई रोकेर खानतलासी गर्दा सालको काठबाट बनेका तयारी ४ थान ढोकाको चौकोस र ४ थान झ्यालको चौकोस गरी जम्मा १६.८ क्युबिक फिट काठ बरामद गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मिनी ट्रक चालक स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बाँसकोट बस्ने २७ वर्षीय कमललाई नियन्त्रणमा लिएको छ ।

बरामद गरिएको अवैध काठ, मिनी ट्रक र पक्राउ परेका चालकलाई आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार