मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |
मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |


‘श्रमिकहरुको आवाज कमजोर भयो, शिक्षकहरुको माग सम्बोधन हुनुपर्छ’

Ujyalosandeshonline 11304+ समाचार ( )
२० चैत्र २०८१, बिहीबार

इलाम । सरकारले विद्यालय शिक्षा विधेयक अघि नबढाएको भन्दै देशभरका शिक्षकहरूले शुरु गरेको आन्दोलनमा नेपाल ट्रेड युनियन कांग्रेस कोशीले ऐक्यवद्धता जनाएको छ । नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको इलामको सूर्योदयमा विहीबार सम्पन्न पूर्ण बैठकले शिक्षकहरुले अघि सारेको मागले शिक्षकहरुको पेशागत सुरक्षा र शैक्षिक क्षेत्रको सुधारमा सहयोग गर्ने भएकाले माग संवोधन गर्न माग गर्ने समेत निर्णय गरेको नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले जानकारी दिए ।

बैठकले चैत्र १५ मा काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाको निन्दा गरेको छ । अध्यक्ष कार्कीको अध्यक्षतामा भएको बैठकमा पूर्वराष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेत, निर्वतमान अध्यक्ष पुष्कर आचार्य, महासचिव अजय कुमार राई, उपाध्यक्ष ज्योति कोइरालासहितको उपस्थिति रहेको थियो ।  बैठकले आर्थिक, सांगठनिक प्रस्ताव पारित गरेको जनाइएको छ ।

बैठकलाई संबोधन गर्दै पूर्वराष्ट्रिय अध्यक्ष लक्ष्मण बहादुर बस्नेतले ट्रेड युनियन आन्दोलनले श्रमिकका समस्या समाधान गर्न नसकेको गुनासो सुनाए । निवर्तमन अध्यक्ष पुष्कर आचार्यले  श्रमिकका समस्या समाधान गर्नेतर्फ सरकार उदासिन भएको बताए । उनले ट्रेड युनियनका संस्थाहरुमा जुझारुपन हराएकाले उद्योगपतीहरु हावी भएको बताए ।

राष्ट्रिय उपाध्यक्ष ज्योति कोइरालाले शिक्षकहरुको आन्दोलन माग सम्बोधन नभएसम्म नरोकिने अवस्थामा रहेको बताए । राष्ट्रिय समितिका महासचिव अजय कुमार राईले श्रमिकको न्युनतम पारिश्रमीकको विषयमा ट्रेड युनियन संस्थाहरुको एक आवाज बनाउन प्रयास भइरहेको बताए । उनले रोजगारदाताको हस्तक्षेप बढेकै कारण श्रमिकहरुको आवाज कमजोर बन्दै गएको बताए ।

उनले देशैभरबाट करिब ४० हजार शिक्षक सडक आन्दोलनमा उत्रिएका विषयमा नेपाल ट्रेड युनियन कांग्रेस आन्दोलनकारी शिक्षकहरुको पक्षमा उभिएको बताए । शिक्षकहरुले यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेसम्म २०८१ सालको एसईईमा सहभागी सामूदायिक र संस्थागत ५ लाख १४ हजार ७१ विद्यार्थीको उत्तरपुस्तिका समेत जाँच नगर्ने अडान राखेका छन् ।

यसअघि २०८० असोज ३ गतेदेखि शिक्षकहरु यस्तै माग राख्दै आन्दोलनमा उत्रिएका थिए तर सरकार र शिक्षकहरु विच भएको सहमति कार्यान्वयन नभएको शिक्षकहरुको भनाई छ । त्यतिबेला दुई पटक गरेर ६ बुँदे सहमति भएको थियो ।

बैठकमा नेपाल ट्रेड युनियन काग्रेस कोशीका अध्यक्ष नारायणबाबु कार्कीले ट्रेड युनियनकर्मीको अधिकार रक्षाका लागि ट्रेड युनियनन आन्दोलनका नेताहरु इमान्दार बन्नुपर्ने बताए ।

बैठकमा चिया वगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङ, उपाध्यक्ष नर्वदा निरौला,  ट्रेड युनियन काँग्रेस कोशीका सहसचिव हरिनाथ फुयाल, नेपाल ट्रेड युनियन काग्रेस इलामका अध्यक्ष जीवन सुवेदीलगायतले श्रमिकका समस्या सम्बोधन गर्नेगरी पैरवी गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार